
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




























