काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि, मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो। यसै गरी, तेजाबी सुनको भाउ तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो। अघिल्लो तिन दिनसम्म सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो।यता, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ रहेको थियो।