चितवनको भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री एस्पो २०८१ आयोजना हुने भएको छ ।चितवनको भरतपुर स्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने पोल्ट्री एस्पोको बारेमा छलफल कार्यक्रममा नेपाल पोल्ट्री ब्यबशायी महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले कोराना पछी सुस्ताएको पोल्ट्री ब्यबशायलाई चलायमान बनाउने उद्देश्यले अन्तराष्ट्रिय पोल्ट्री एस्पोको आयोजना गर्न लागिएको बताउनु भयो । उहाले पोल्ट्री एस्पोले शिथिल अबस्थामा रहेको चितवनको ब्यापार ब्यबशायहरु प्रबर्ध्दनमा सहयोग पुग्ने बताउनु भयो । अध्यक्ष बिष्टले अन्तराष्ट्रिय पोल्ट्री एस्पो पोल्ट्री ब्यबशाय गर्न चाहनेहरुलाई पोल्ट्री सम्बन्धी अत्याधुनिक उपकरणहरु आबश्यक औषधी लगाएत सम्पुर्ण जानकारी लिन सक्ने बताउनु भयो । उहाले एस्पोमा पोल्ट्री पाठशालाको पनि आयोजना गरीने बताउनुभयो । उहाले पोल्ट्रीको ब्यबशायीकरणमा चितवनको महत्वपुर्ण योगदान रहेको बताउनु हुदै चितवनका पोल्ट्री ब्यबशायीहरुले आफुले जानेको कुरा र प्रयोगमा ल्याएका उपकरणको बारेमा सबैलाई जानकारी गराउने गरेको बताउनु भयो ।कार्यक्रममा नेपाल कुखुरा ब्यबशायी मञ्चका अध्यक्ष रधुनाथ भट्टले पोल्ट्री एस्पो दिन प्रतिदिन धराशायी बन्दै गएको पोल्ट्री ब्यबशायलाई बृद्धि गर्न र चितवनको अर्थतन्त्रलाई चलाएमान बनाउन मद्दत पुग्ने बताउनु भयो । अल ईण्डीया पोल्ट्री ईकोमेण्ट म्यानुफ्याक्चर एसोसियन र नेपाल पोल्ट्री महासघको आयोजनामा हुने अन्तराष्ट्रिय पोल्ट्री एस्पो जेठ १८ गते देखी २० गते सम्म संचालन हुने छ । एस्पोमा नेपाल र भारत लगाएत बिधिन्न देशका ८० वटा स्टलहरु रहने छन् । एस्पोको करीब १० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरीएको छ ।