
काठमाडौं । श्री सिद्धिसिद्धि ज्वेलर्सले सञ्चालन गरेको ग्राहक अफरअन्तर्गत जर्तीबापतको पूरै खारेजी र ज्याला पनि १२ प्रतिशतबाट घटाएर सात प्रतिशतमात्रै लिने निर्णय गरेको पूर्व घोषणाअनुसार असार १५ गते सात प्रतिशत ज्यालामा गहना उपलब्ध गराउने योजना समाप्त भए पनि असार ३० गतेसम्म नै सात प्रतिशत ज्यालामै गहना निरन्तर उपलब्ध गराउने घोषणा गरेको छ ।विशाल बजारस्थित पलस नम्बर १ र १० मा रहेको रिद्धिसिद्धिप्रति ग्राहकले देखाएकोे अटुट विश्वासको सम्मान गर्दै असार १५ सम्म छुट घोषणा गरिएकोे भए पनि समयावधि बढाएर असार ३० गतेसम्म पुर्याइएको रिद्धिसिद्धिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै अब हिराको गहनामा पनि असार ३० गतेसम्म अत्यधिक छुट हुने बताइएको छ । चालु आर्थिक वर्षको अन्त्यको अवसरमा हिराका गहना ज्यालामा शतप्रतिशत छुट दिने भएको हो ।
कारण उपभोक्तालाई परेको मारका बीच रिद्धिसिद्धिले ल्याएको जर्ती नलिने र ज्याला पनि सात प्रतिशतमात्रै लिने निर्णयले केही भए पनि ग्राहकलाई राहत मिलेको पनि उसले जनाएको छ । रिद्धिसिद्धिले चालेको कदमप्रति पूर्वाग्रह र हतोत्साहित गर्ने मनसायसाथ केही प्रतिस्पर्धी व्यवसायीबाट प्रतिशोध साँध्ने असफल प्रयास भए पनि कम्पनी विचलित नभएको विज्ञप्तिमा उल्लेख छ । प्रतिस्पर्धीको अवरोधबीच तीन करोड नेपालीले दिएको साथबाट उत्साहित बनाएको पनि कम्पनीले जनाएको छ ।




























