
काठमाडौं– आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी ५५ बिहीबारबाट नेपाली बजारमा बिक्री सुरु गरेको हो ।सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बिहीबार आयोजित कार्यक्रममा सो मोडलका स्मार्ट फोन लन्च गरेका हुन् । सुवेदीले सरकारले आगामी दशकलाई आइटी दसकका रुपमा मनाउने घोषणा गरेकाले मोबाइलको बढ्दो प्रयोगले आइटी दशकलाई प्रभावकारी बनाउने बताए ।



























