
काठमाडौं- सुनको मूल्य बिहीबार तोलामा एक हजार एक सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएकाेमा बिहीबारका लागि एक लाख ५१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भैइरहेको छ ।




























