
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ। चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो।गएको बिहिवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ लगातार घटिरहेको छ ।
त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।




























