
काठमाडौं ।गत वैशाखमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ अब युट्युबमा सार्वजनिक हुने भएको छ । चलचित्रका लेखक तथा निर्देशक नवीन चौहानले बिहीबारदेखि ‘आर्टमान्डु’को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गर्न लागिएको जानकारी दिएका हुन् ।यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस चलचित्रले भारतमा पनि उस्तै अभूतपूर्व सफलता प्राप्त गरेको थियो । भारतका विभिन्न सहरका ४० वटा हलमा रिलिज भएको ‘ऊनको स्वीटर’ ले त्यहाँ पनि ५१ दिनको ऐतिहासिक यात्रा तय गरेको थियो ।निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो । यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस चलचित्रले भारतमा पनि उस्तै अभूतपूर्व सफलता प्राप्त गरेको थियो ।
‘डम्बर’ र ‘इच्छा’ बीचको प्रेम सम्बन्धको कथा बुनिएको यस चलचित्रमा समावेश ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’, ‘फूल’ र ‘जून हेर्नु तिमी’ जस्ता गीतले सामाजिक सञ्जालमा चर्चा पाएका थिए ।




























