
काठमाडौँ । बलिवुडकी चर्चित पार्श्व गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनी मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । केही महिनादेखि उनी अस्वस्थ रहेको बताइएको छ ।उनी लता मंगेशकरको बहिनी र दीनानाथ मंगेशकरको छोरी हुन् । आशाले चलचित्र र गैर चलचित्रको लगभग १६ हजार गीत गाएकी छन् र यिनको आवाजको प्रशंसक सारा विश्वमा फैलिएका छन् ।




























