काठमाडौं । अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन् । उनले आफ्ना केही नजिकका साथीलाई सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएकी हुन् । ‘ब्याचलर पार्टी’को जानकारी उनले सामाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छन् । तस्बिरका साथ उनले सिंगल जीवन सकिएको समेत बताएकी छन् ।नायिका नीता ढुंगाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारी बिच विवाह हुँदैछ । उनीहरु लामो समयदेखी प्रेममा थिए ।
फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गर्नु अगाडि नै नीता र हरिहरले घरजम गर्न लागेका हुन् । नीता र हरिहरको बिहे असार २४ गते याक एन्ड यति होटलमा हुँदैछ ।








