काठमाडौं - चर्चित र्यापर लाहुरे अर्थात् आशिष रानाले 'बिरामी' बोलको र्याप गीत सार्वजनिक गरेका छन्।गीतमा लाहुरेकै स्वर तथा शब्द रहेको छ।रोहित शाक्यको संगीत तथा निर्देशन रहेकाे भिडिओमा लागुऔषधमा फसेका लाहुरेकै कथालाई देखाइएको छ। लागुऔषधमा फस्ने व्यक्तिलाई बिरामीकाे सज्ञा दिइएकाे छ।भिडिओमा लाहुरे, सुभम बोहोरा र सुजित सञ्जित लगायतको अभिनय छ।मन्जित लामा र रेवत श्रेष्ठले छायांकन गरेको गीतको भिडिओलाई रोहित शाक्यले सम्पादन गरेका हुन्।https://www.youtube.com/watch?v=Wj3ltViJGPw