काठमाडौं - चलचित्र ‘वर एण्ड वधु’को छायांकन यतिबेला युरोपेली मुलुक रोमानियामा भइरहेको छ ।अभिनेत्री आँचल शर्मा, विवेक कर्माचार्य लगायतको मुख्य भूमिका रहेको चलचित्रको विगत ३ सातादेखि रोमानियामा छायाँकन चलिरहेको हो । अझै ५ दिन रोमानियामा छायाँकन हुने र बाँकी छायाँकन नेपालमा गरिने निर्देशक मिलन चाम्सले जानकारी दिए।बुधबारसम्म यास सहरमा भइरहेको छायांकन आजदेखि भने कन्सटंगा सहरमा सुरु भएको छ ।त्यहाँको सुटिङ सकेर निर्माण टिम आउँदो साता काठमाडौं फर्किने तयारीमा छ । चलचित्रको रोमानिया छायांकन सकिने केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । चलचित्रका निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए ।