
काठमाडौं । महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मोबाइलमार्फत् कुराकानी गरेका छन् । ओलीले ‘तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि’ भन्छन् । उताबाट बोलेको स्पष्ट सुनिँदैन । तर ओलीले ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि !’ भनेर सोधेका छन् ।देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।[video width="480" height="848" mp4="https://dkura.com/wp-content/uploads/2023/12/KP-Sharma-Oli-call-to-Deuba.mp4"][/video]




























