
हत्यादेखि यौनहिंसाका आरोपित रामबहादुर बम्जनलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनेको घरबाट ३ करोड ३० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, अनुयायीको हत्या र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी गरिएको छ ।
रामबहादुर बम्जनका समर्थकहरु सिआईबीको कार्यालय घेराउ गरेका छन् । नजिक भेला भएका छन् । उनका समर्थकहरु ठूलो संख्यामा उपस्थित हुन थालेका छन् । संभावित दुर्घटनालाई ख्यालमा राखेर प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ ।बमजनलाई झूटा आरोप लगाएर फसाउन खोजिएको भन्दै उनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु सीआईबी कार्यालयमा पुगेका छन् ।
रामबहादुर बम्जनका अनुयायीहरुको भनाइ छ, हाम्रा गुरुलाई फसाउन यो सरकार लागेको छ । वेपत्ता भएका भनिएका सबैलाई यो र यसअघिको सरकारले लुकाएको र जसको हत्या गरिएको भनिएको छ ऊ जिउँदै रहेको उनीहरुको दावी छ ।




























