
अनुयायीहरुलाई बेपत्ता पारेको विभिन्न झूटा आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) कार्यालयमा पुगेकी छन् । सिआईबी कार्यालय वरपर बोधी श्रवण धर्म संघको नेतृत्वमा रामबहादुर बम्जनका अनुयायीको पनि ठूलो संख्यामा उपस्थिति रहेको छ । पूर्वराज्यमन्त्री यशोदा लामा बम्जनको बारेमा गलत तत्वले गलत प्रचार गरेर फसाउन खोजेको भन्दै उनको बचाउमा उत्रेकी छन् ।बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठस्थित उनको घरबाट पक्राउ गरेको थियो । उनको घरबाट प्रहरीले ३ करोड ३० लाख रुपैयाँभन्दा बढी नगद समेत बरामद गरेको थियो ।




























