
बदला मानिसको स्वभाव हो । यो जेनेटिक कुरा हो । मानिस कहिल्यै इमानदार, विनम्र र शालिन हुँदैन । ऊ आफू यस्तो भएको नाटक मात्र गर्छ । यही नाटकलाई हामी साँचो मान्छौं । मानिस स्वभावैले सधैं धुर्त, छली, कपटी, पाखण्डी, ठग, स्वार्थी, लुच्छो लफुंगो, पदलोलुप, कामुक, भ्रष्ट, मै खाउँ मै लाउँ सुखसयल मोज म गरुँ अरु सब मरुन दुर्बलहरु भन्ने नीच स्वभाव र हीन भावनाले ग्रस्त प्राणी हो । मान्छे आफ्नो हिनतालाई छोप्न खोक्रो अहंकार गर्छ, पाखण्ड लुकाउँछ र आफूलाई सर्वश्रेष्ठ प्राणी भन्दै आत्मरतिमा रमाउँछ ।
पुण्यप्रसाद प्रसाई
इतिहासमा हिटलर एक शिक्षक हो । घृणा दर्शनको । घृणा दर्शनले भन्छ, अरुलाई घृणा गरेर, दबाएर, अपमान गरेर पनि आफ्नो उन्नति गर्न सकिन्छ । यदि तिमी कसैको आत्मामा चोट पुर्याउँछौ भने तिमीले पनि त्यसको प्रतिउत्तर अपेक्षा गरे हुन्छ । अछुत रहन सक्दैनौ तिमी । ढिलोचाँडो हो, तिमीले त्यो सब भोग्नैपर्छ जे तिमीले अरु माथि थोपरेका छौ । मानिस र समयले तिमीसँग बदला लिन्छ लिन्छ किनकि बदलामा ठूलो शान्ति र सुख छ । हामी सेक्समा आनन्द खोज्छौं तर बदलामा सेक्समाभन्दा हजारौं गुणा बढी आनन्द छ । बदलाको लागि मान्छे लालायीत हुन्छ जसरी सेक्सका लागि लालायीत हुन्छ । बदला मानिसको स्वभाव हो । यो जेनेटिक कुरा हो । मानिस कहिल्यै इमानदार, विनम्र र शालिन हुँदैन । ऊ आफू यस्तो भएको नाटक मात्र गर्छ । यही नाटकलाई हामी साँचो मान्छौं । मानिस स्वभावैले सधैं धुर्त, छली, कपटी, पाखण्डी, ठग, स्वार्थी, लुच्छो लफुंगो, पदलोलुप, कामुक, भ्रष्ट, मै खाउँ मै लाउँ सुखसयल मोज म गरुँ अरु सब मरुन दुर्बलहरु भन्ने नीच स्वभाव र हीन भावनाले ग्रस्त प्राणी हो । मान्छे आफ्नो हिनतालाई छोप्न खोक्रो अहंकार गर्छ, पाखण्ड लुकाउँछ र आफूलाई सर्वश्रेष्ठ प्राणी भन्दै आत्मरतिमा रमाउँछ । मानिस कति सम्म दुष्ट प्रवृत्तिको हुन्छ भने आफू माथि उठ्न यसले जो सुकै निर्धोलाई पनि कुल्चन्छ, दबाउँछ, बलात्कार र हत्या गर्छ । कमजोर र प्रतिवाद गर्न नसक्ने मान्छेलाई सधैं दबाउँछ र शक्तिशालीको अगाडि लम्पसार पर्छ । आफू बाँच्न मानिसले जे पनि गर्छ । अर्को मान्छेको कुरा छोडौं आफ्नै सन्तानको मासु खानु परे पनि खान्छ । मान्छेको वास्तविक चरित्र यही हो तर ऊ नैतिकवान, आदर्शवान र प्रेमी भएको ढोंग गर्छ । र, त्यो ढोंगलाई हामी मानिसको वास्तविक चरित्र भन्ने भ्रममा पर्छौ ।मान्छे अरु सबै प्राणीभन्दा नीच, पतित र धुर्त छ । मैले भनिरहँदा तपाईंलाई विश्वास नलाग्न सक्छ तर यस संसारबाट कानुन र धर्मको डर हटाइदिने हो भने एकै हप्तामा मान्छेको सच्चा चरित्र उदाङिन्छ । मान्छेले ठूला घर, चिल्ला गाडी र प्लेन, खुल्ला सडक बनाएर सभ्यता त निर्माण गरेको छ तर उसको भित्री स्वभाव अहिले पनि आदिम छ जुन आदिम जंगली युगमा रहँदा थियो ।
मानिस कहिल्यै सर्वश्रेष्ठ प्राणी होइन, ऊ सर्वश्रेष्ठ शासक मात्र हो । प्रतिवाद गर्न नसक्ने प्राणीलाई दबाएर आफूलाई सर्वश्रेष्ठ घोषणा गर्नु मान्छेको मिथ्या अहंकार मात्र हो । महिला र दलितलाई पढ्न र लेख्न नदिएर पुरुषले महिलाभन्दा पुरुष सर्वश्रेष्ठ, दलितलाई त खुट्टामा राखिहाले सबै जाति भन्दा हामी बाहुन नै सर्वश्रेष्ठ र उच्च भनेर पढैया बाहुनले पुस्तकमा लेखेजस्तो मात्र हो मानिसले आफूलाई सर्वश्रेष्ठ प्राणी भनेर गरेको स्वघोषणा । ए मान्छेहरुहो! एक पटक आफूलाई ध्यानले नियाल्, के तँ सँग सर्वश्रेष्ठ भन्ने केही कुरा छ ? हामीले आफ्नो धुर्ततालाई सर्वश्रेष्ठको खोल ओडाएका मात्र हौं । मान्छे अरु सबै प्राणीभन्दा नीच, पतित र धुर्त छ । मैले भनिरहँदा तपाईंलाई विश्वास नलाग्न सक्छ तर यस संसारबाट कानुन र धर्मको डर हटाइदिने हो भने एकै हप्तामा मान्छेको सच्चा चरित्र उदाङिन्छ । मान्छेले ठूला घर, चिल्ला गाडी र प्लेन, खुल्ला सडक बनाएर सभ्यता त निर्माण गरेको छ तर उसको भित्री स्वभाव अहिले पनि आदिम छ जुन आदिम जंगली युगमा रहँदा थियो ।अहिले तपाईंको शरीरमा जुन परमाणु छन् ति अरर्बौं वर्ष पुराना छन् तिनमा ८४ लाख जुनीको संस्मरण अंकीत रहेको छ । अब एउटा देशमा लोकतन्त्रको घोषणा गर्देर मानिस लोकतान्त्रिक भए भनेर उसलाई छाडा छोड्नु भयो भने कुन बेला त्यो लोकतन्त्रबाट फुत्त हिटलर जन्मेर उसले कतिखेर विश्व विनाश गर्ने हो कसैलाई थाहापत्तो हुँदैन ।
उसको यो खाँटी स्वभाव कुनै पनि बखतमा बाहिर आउन सक्छ । हामी मान्छे सुध्रेका छैनौं । हामी अहिले पनि उही जंगली होमोसेपियन नै हौं । अर्थात हामी मान्छे बनिसकेकै छैनौं । मान्छे भनेका बुद्ध हुन् तर हामीले बुद्धलाई भगवान भन्यौं । यो हाम्रो धुर्तता र बठ्याइँ मात्र हो आफूलाई सर्वश्रेष्ठ प्राणी अर्थात् मान्छे भन्ने
मानौं १० जना मानिस कतै फसे । एउटा कमजोर बालक पनि त्यहाँ छ । ति मानिससँग खाना केही छैन । भोकले मर्नुपर्ने अवस्था आयो भने के ति मानिसहरु भोकै मर्न तयार हुन्छन् होला ? अहँ, हुँदैनन् । तिनीहरु त्यहाँ मान्छेको मासु खान पनि तयार हुन्छन् । र, ति मानिसहरु मान्छेको मासु खान तयार भएपछि तिनीहरु गोला गरेर जसको नाम सर्वप्रथम आउँछ त्यो खाना बन्न तयार हुन्छ होला ? हुँदैन । तिनीहरु सबै एक मत भएर त्यहाँ प्रतिवाद गर्न नसक्ने सबैभन्दा कमजोरलाई शिकार बनाउँछन् । पहिला उनीहरु उसलाई धर्मको आडमा बलिदान हुन मनाउँछन । भन्छन्, धर्मको रक्षाका लागि हामी यहाँबाट निस्कनु अति आवश्यक छ । भगवानले तिमीलाई धर्मले मागेको बेला बलिदानी दिन सक्छौ कि सक्दैनो भनेर यो परीक्षा लिएका हुन् । तर यसले ऊ मानेन भने उनीहरु राष्ट्रियताको भावना उसलाई बलिदान हुन भन्छन्, यसबाट पनि ऊ प्रभावित भएन भने जाति र रंगको आड लिन्छन् । हाम्रो जातिको उत्थान र रक्षाका लागि तिम्रो बलिदानको ठूलो भूमिका छ । यसले पनि मानेन भने तिम्रो परिवारलाई मालामाल गर्दिन्छौं भनेर पैसाको आड लिन्छन् । यति गर्दा पनि मानेन भने उनीहरु शक्तिको आड लिन्छन् र ति सबै मिलेर उसको घाँटी दबाएर मार्छन् अनि भोक मेटाउँछन् । जसले जति ढाकछोप गरे पनि यही हो मान्छेको वास्तविक चरित्र । त्यसैले मेरो सधैं जोडबल केमा छ भने इमानदार मान्छे खोजेर राजनीतिमा ल्याएर देश बनाउने भन्ने करै आउँदैन । कठोर सिस्टम बनाएर मान्छेलाई बइमानी नगर्न बाध्य गराउनु पर्छ ।
मान्छे कहिल्यै इमानदार हुँदैन । को कतिमा र के कस्तो परिस्थितिमा बिग्रन्छ वा बिक्छ भन्ने मात्र कुरा हो । त्यसैले म के चाहन्छु भने खराब बन्ने कानुनका सबै छिद्र टालेर यस्तो कठोर सिस्टम बनाउन चाहन्छ कि खराबी र अपराध गर्ने कुनै हालतमा पनि उम्किन सक्दैन । यदि मैले अपराध गरें भने म कुनै पनि हालतमा उम्किन सक्दिन, मेरो सर्वनाश निश्चित छ भन्ने भएपछि कुन माइकालालले भ्रष्टचार गरेर सम्पत्ति कमाउने सोच्न सक्ला ? को अपराध कर्मतिर लाग्ला ?
हामीले इमानदार मानिस खोज्ने हैन भएकालाई बेइमानी गर्न नसक्ने गरी कठोर सिस्टम बनाउनु पर्छ, अहिलेका जस्तो प्रक्रिया पुर्याएर खान मिल्ने छाडा खालको हैन ।
बदलाले जति शान्ति मान्छेलाई अर्थोक केहीले दिँदैन । हिटलर बदलाका भगवान हुन् । हिटलर बदला लिनकै लागि आएको थिए । उनले धित मरुन्जेसम्म बदला लिए । र, जर्मनको आत्मा शान्त पारे उनले । यदि उनले त्यसो नगरेका भए जर्मनको आत्मामा त्यो घाउ जीवित रहने थियो । त्यो बदलाको भावनाको परिणाम त्यो समयमा जन्मन नसकेको हिटलर अहिले यो एक्काइसौं शताब्दीमा जन्मन सक्थे ।
अब तपाईं विचार गर्नुहोस्, अहिले आएर हिटलर जन्मने हो भने यो संसारको हालत के हुन्छ? अहिले पुटिन र बाइडेन नै छुल्याहा केटाले पटाका पट्काए जसरी बम पट्काइरहेका छन्! परमाणु बमको स्विच सफा गरिरहेका छन् भने झन् एक्काइसौं शताब्दीको हिटलरले के गर्छ होला ? एक्काइसौं शताब्दीको हिटलर बिनासंकोच नयाँ सिकारु केटाहरुले बास्केटबल खेलेझैं अन्धाधुन्ध अणु बम हान्न थाल्थ्यो ।
लोकतन्त्र वा अरु कुनै पनि नाममा मान्छेलाई कहिल्यै पनि असीमित शक्ति दिनु हुँदैन । अनि मान्छेलाई जहिल्यै कानुनी सिस्टमले बाँधेर राख्नु पर्छ । मान्छेले शक्ति पायो भने उसलाई दबाउन मन लाग्छ । त्यो शक्ति देखाउन मनलाग्छ । जसरी एउटा बच्चाले लठ्ठी भेट्यो भने अनावश्यक रुपमा जताततै ठ्याकठ्याक र ठुुकठुक हान्दै हिंडछ् त्यस्तै हुन्छ मान्छेलाई नचाहिने पावर दियो भने उसले कहाँ कसलाई ठोक्छ पत्तै हुँदैन ।
अहिले तपाईंको शरीरमा जुन परमाणु छन् ति अरर्बौं वर्ष पुराना छन् तिनमा ८४ लाख जुनीको संस्मरण अंकीत रहेको छ । अब एउटा देशमा लोकतन्त्रको घोषणा गर्देर मानिस लोकतान्त्रिक भए भनेर उसलाई छाडा छोड्नु भयो भने कुन बेला त्यो लोकतन्त्रबाट फुत्त हिटलर जन्मेर उसले कतिखेर विश्व विनाश गर्ने हो कसैलाई थाहापत्तो हुँदैन । त्यसैले मान्छेलाई कानुनले बाँधेर इमानदार रहन बाध्य बनाउनु पर्छ । इमानदारी मान्छेको स्वभाव होइन भन्ने चेतना सदैव याद राख्नु पर्छ ।
कोही चोर, भ्रष्ट र हत्यारा बनिरहेको छैन भने ऊ भित्री रुपमै इमानदार भएर नभएको होइन बरु उसका वरिपरि त्यस्तो परिस्थिति नबनेको कारणले चाहिं हो । परिस्थिति बदलिदिने हो भने त्यो तपाईंले इमानदार ठानेको मानिसले संसारको सबैभन्दा निकृष्ट काम गर्न सक्छ । मान्छे मान्छे नै बनिसकेको छैन सर्वश्रेष्ठ त परको कुरा भयो ।
मान्छे भनेको बुद्ध हुन् जसले आफ्ना अरर्बौं वर्ष पुराना परमाणुको क्यारेक्टर देखे, चिने र बोध गरे । तर हामीले उनलाई भगवान् भनेर पन्छायौं किनकि हामीलाई मान्छे बन्नु थियो । र, जब मान्छे वास्तवमै मान्छे बन्छ तब उसलाई जात, धर्म, देश, संगठन, हतियार, शक्ति आदि केही पनि चाहिंदैन । मान्छे स्वतन्त्र हुन्छ, बन्धन मुक्त । ऊ कसैलाई न घृणा गर्छ न प्रेम, ऊ कसैको न ईर्ष्या गर्छ न बदला नै लिन्छ, ऊ न सुखी हुन्छ न दुखी ।#Punyaprasai



























