राजनीतिक लाभहानि, लापरबाही, भ्रष्टचार र ठगीका कारण ढिलासुस्ती भएका विकाश आयोजनालाई छिटो निर्माणका लागि दवाव दिन राष्ट्रिय स्वतन्ब पार्टीले (रास्वपा)ले दबाब यात्रा गर्नका लागि २७ आयोजनाहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजनामा केन्द्रित भइ दबाब कार्यक्रम गर्ने निर्णय गरेको छ ।ठेक्का लागे तर निर्माण कार्य भने अति सुस्त रहेका यस्ता आयोजना छिटो पूरा गर्न दबाब सृजना गर्ने उद्देश्यले यो दबाब यात्रा गर्न लागेको रास्वपाका उपसभापति डीपी अर्यालले बताएका छन् । उनले भने, ‘पटक(पटक अवधि थपिएको, सम्पन्न हुन नसकेको योजनाहरुमा दबाब यात्रा गरेर सरकारलाई खबरदारी गर्ने हो, ।’ हो । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ(बुटवल खण्डमा ११३ किलोमिटर पदयात्रा गरेको थियो । रास्वपाले थप आयोजनाहरुमा दबाब दिनका लाग नयाँ सूची पनि सार्वजनिक गरेको छ।केन्द्रीय नेता र सांसदहरु सहभागी हुने दबाब यात्रामा ‘सांसदसहित नेताहरु को कहाँ जाने निर्णय अर्को बैठकबाट निर्णय लिइने भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने र पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने घोषणा गरे अनुरुप केन्द्रीय समितिले दबाब यात्रा गर्ने निर्णय लिएको हो ।