काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार उठ्न लागेकी पूर्व मिस नेवाः सुनिता डंगोलले काठमाडौंको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकी छन् ।काठमाडौंमा शुक्रबार उनले सार्वजनिक गरेको ८ गते नीतिमा उनले ‘स्वच्छ,जीवन्त,सांस्कृति नगर,व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारा तय गरेकी छन् ।८ खम्बे विकास मोडलमा उनले स्वच्छ वातावारण,यातायात व्यवस्थापन, पूर्वाधार विकास,सांस्कृति नगर,सामाजिक विकास, डिजिटल काठमाडौं लगायतका विषय समेटेकी छन् ।उनको घोषणापत्रको पूर्णपाठ हेर्नुहोस्ःManifesto_sunita