काठमाडौँ,गायक शुशिल तितुङ्ग र लोकप्रिय गायिका मेलिना राइको सुमधुर आवाज रहेको प्रेमिल गीत माया लै लै सार्वजनिक भएको छ। प्रेमिल भाव अनि निकै उत्कृस्ट शब्द रचना र संगीत रहेको यस गीतमा बिपिन मर्मको शब्द रचना अनि प्रख्यात संगीतकार प्रकाश लामाको संगीत रहेको छ। यस गीतलाई विषम आचार्यले संगीत संयोजन गरेका छन्।आकर्षण लोकेशन ,उत्कृस्ट अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा स्वयम् गीतका गायक शुशिल र रिया लामाको अभिनय देख्न सकिन्छ। गायन संगै अभिनयमा पनि पोख्त शुशिलको अभिनयले गीतलाई मुर्त रुप दिएको छ। भिडियोमा विकास प्रसाईको निर्देशन ,राजिव समर कोरियोग्राफी ,जनक देवकोटाको छायांकन र विकास प्रसाईकै भिडियो सम्पादन रहेको छ। दर्शक श्रोतामाझ प्रसंसा बटुलिरहेको यस गीतले बास्तवमै प्रेम र बिश्वासलाई सहि रुपमा प्रस्तुत र व्याख्या शब्द,संगीत,गायन र अभिनयले दर्साएको छ।https://www.youtube.com/watch?v=T5uRzIDSyKc