प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा सोमबार बसेको समिति बैठकले मुलुकको सुगम स्थानमा आयोडिनयुक्त नुनको सहज आपूर्ति भएपनि दुर्गम क्षेत्रमा आपूर्ति सहज हुन नसकेको निष्कर्ष निकाल्दै दुर्गम क्षेत्रमा नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आपूर्ति हुने गरेको चिनी, रासायनिक मललगायत अत्यावश्यक सामग्रीको गुणस्तरीयता सुनिश्चित गर्दै सरल आपूर्तिको व्यवस्था मिलाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।साल्ट ट्रेडिङले विभिन्न शीर्षकमा पाउनुपर्ने भुक्तानीका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको समिति सभापति अव्दुल खानले जानकारी दिनुभयो ।bबैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सडकको अवस्थाका कारण दुर्गम क्षेत्रमा सहज रुपमा सेवा प्रवाह र आपूर्ति गर्न कठिन भएकाले यसतर्फ बिशेष ध्यान दिने बताउनुभयो । अत्यावश्यक वस्तुको अभाव हुन नदिने भन्दै उहाले यसका लागि आवश्यक कार्ययोजना बनाउन लागिएको उहाले बताउनुभयो । उहाले चाडपर्वमा चिनिको अभाव देखिने गरेकाले यस बर्ष छिटै आयात र उत्पादन बृद्धिलाई ध्यान दिइने जानकारी दिनुभयो ।साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बिक्रिको अनुपातमा धेरै स्टक राख्नुपर्ने अवस्थामा संस्थालाई आर्थिक समस्या देखिएको र यसमा राष्ट्र बैंकले कर्जाका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाले आयोडिनयुक्त नुनको मूल्य समायोजन तथा ढुवानीका लागि बजेट सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।बैठकमा समिति सदस्यहरुले दुर्गम क्षेत्रमा हुने नूनको अभाव हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरुले यसअघि बर्खायाममा रासायनिक मलको अभाव हुने गरेको भन्दै अहिले समयमा नै सहज आपूर्तिको तयारी गर्न समेत सुझाव दिएका छन् ।