चुरेक्षेत्र संरक्षण लगाएत बिभिन्न माग राख्दै पदयात्रा गरि काठमाडौं आएकाहरुले काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।
बैशाख १६ गतेदेखि चूरे संरक्षण पदयात्रा गर्दै काठमाडौं आएकाहरुले निरन्तर धर्ना दिने जनाएका हुन् । चूरे वन जंगल संरक्षण सम्वद्र्धन, दलीत भूमिहिन सुकुम्वासीहरुको भूमि अधिकारका निम्ति र अवैध उत्खनन तथा सिर्सिया नदि लगाएतका नदिहरुको प्रदुषण एवं अतिक्रमणको विरोधमा उनीहरु सप्तरीको भारदह देखि बाराको पथलैया हुँदै काठमाडौंसम्मको पदयात्रा गरेका हुन् । चूरे विनास हुँदै जादा खानेपानीको अभाव लगाएका समस्या देखिएको सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएको चुरे तथा वनजंगल संरक्षण अभियानक संयोजक सुनील यादवले बताउनुभयो ।चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै गएका छन् । त्यसको असर चूरे क्षेत्रका बासिन्दालाई परेको पिडितहरुले जनाएका छन् ।