नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।दिवसका अवसरमा काठमाडौं लगाएत देशका बिभिन्न स्थानमा जनचेतनामूलक र्याली लगाएत अन्तक्र्रिया कार्यक्रमहरु आयोजना गरिएको थियो । यसै अवसरमा विराटनगरमा सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं भन्ने नारा सहित अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागिहरुले सुर्तीजन्य पदार्थ सेवन र मद्यपान सेवन रोक्न कानुन निर्माण गरेर मात्र नपुग्ने धारणा राखेका थिए । सो कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीले बालबालिकाहरुलाई र्सुिर्तसेवन र मद्यपान सेवनबाट जोगाउन सचेतना कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभयो ।विराटनगर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको सो कार्यक्रममा र्सुिर्तजन्य पदार्थ सेवन तथा मद्यपान सेवनबाट स्वास्थ्यमा हुने जोखिम, कानुनी प्रावधान र समाजको जिम्मेवारी बारे छलफल गरिएको थियो । नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र संकेत चिह्न अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।