
काठमाडौँ- उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउने प्रयास गरेको बताउनुभएको छ ।कार्गो दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले मौद्रीत नीतिका साथै अन्य नीतिबाट पनि व्यवसाय गर्न सहज वातावरण बनाउने काम सरकारले गरेको बताउनुभएको हो ।उहाले अव कुरा भन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था आएको धारणा राख्नुभयो । कार्गो क्षेत्रको समस्या समाधानका लागि सरकारले गर्नुपर्ने कामका लागि आफुले सहजीकरण गर्ने उहाको भनाइ छ ।कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।




























