
काठमाडौं ।नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्री समेत बनिसक्नुभएका यादव आइतबार एमाले प्रवेश गर्नुभएको हो । उहाँसहित मधेश प्रदेशबाट बिभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउनुभएको हो ।सो क्रममा अध्यक्ष ओलीले इमान्दारीताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भइ काम गर्न आग्रह गर्नुभयो । उहाले गुटका पछाडी नभइ पार्टीका पक्षमा दृढ रुपमा उभिनुपर्नेमा जोड दिनुभयो । बिभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै ओलीले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो ।एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरि नेकपा एकीकृत समाजवादी अघि बढेकाले पुरानो एमाले पार्टीमा प्रवेश गरेको बताउनुभयो ।




























