
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संक्रमणकालीन न्याय निरुपणका बिषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।बुधबार प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा सभापति देउवाले संक्रमणकालीन न्यायका सन्दर्भमा राजनीतिक शक्ति र सरोकारवाला पक्षहरु सर्वसम्मतिका साथ उपस्थित हुनुआफैमा एउटा ऐतिहासिक उपलब्धिको घडी भएको बताउनुभएको हो ।शान्ति प्रक्रियाका बाँकी कार्यभारहरु पुरा गर्न गर्नका लागि भएको सहमतिले जटिल कामलाई नेपाली राजनीतिक दलहरु आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएको उहाले बताउनुभयो । टीआरसी विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पिडितहरुले न्यायको अनुभूति गर्ने गर्ने उहाले विश्वास व्यक्त गर्नुभयो ।संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने बिन्दुमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको भन्दै सभापति देउवाले अन्तिममा विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने समेत बताउनुभयो ।विधेयक अघि बढेसंगै एकअर्कालाई शंका वा आरोपित गर्ने भन्दा पनि वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रर्णाली प्रति सजग हुन आवश्यक रहेको उहाले बताउनुभयो ।सभापति देउवाले शान्ति प्रक्रियाको बाँकी रहेको काम संक्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पु¥याउन सहयोगका लागि अपील समेत गर्नुभयो । त्यस्तै उहाले संविधान र व्यवस्था लाखौं नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको भन्दै यसको सही कार्यान्वयन, संरक्षण र सुदृढिकरण गर्नु सवैको दायित्व भएको धारणा राख्नुभयो ।




























