
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको हल्ला निराधार भएको बताउनुभएको छ ।बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पार्टी फुट्दैछ भनेर चलाइएको हल्ला निराधार भएको बताउनुभएको हो । पार्टीभित्र देखिएका कतिपय सन्दर्भमा आएका आशंका र भ्रम बैठक समापन हुदाँसम्म चिरिएको उहाले बताउनुभयो । त्यस्तै उहाले संक्रमणकालीन न्यायसंगसम्बन्धीत बिधेयक पिडितमैत्री रहेको उल्लेख गर्नुभयो ।उहाले विधेयकहरुले पिडितहरुको मागलाई राम्रोसंग सम्बोधन गरेकाले ढूक्क हुन आग्रह गर्दै अव कार्यान्वयनमा जोड दिने बताउनुभयो । वर्तमान सरकारको एक महिने कार्यकालका बिषयमा आफुले केहि दिनमा संसदमा धारणा राख्ने उहाको भनाइ छ ।




























