
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति परिमार्जनको तयारी भइरहको जानकारी दिनुभएको छ ।ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री पाण्डले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीति परिमार्जनको प्रक्रियामा रहेको जानकारी दिनुभएको हो ।त्यस्तै उहाले संस्कृति नीति, हवाइ नीति पनि परिमार्जनको प्रक्रियामा रहेको बताउनुभयो । मुलुकको नागरिक उड्ययनको क्षेत्रलाई सुधार गर्नका लागि नियमक निकाय र सेवा प्रदायकलाई फरक बनाउनका लागि आवश्यक कानून टुङ्याउने क्रममा रहेको उहाले बताउनुभयो ।उहाले नागरिक उड्ययनको क्षेत्र सुधार नभएसम्म प्रयाप्त पर्यटन भित्राउन नसकिने धारणा राख्नुभयो । मन्त्री पाण्डले लुम्विनीको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण र उडानका लागि अन्तराष्ट्रिय हवाई सेवा प्रदायकसंग आग्रह गरिरहेको जिकिर गर्नुभयो ।नागरिक उड्ययन क्षेत्रमा देखिएको चूनौतिको समाधान गर्न निजि क्षेत्रको सार्थक हस्तक्षेप गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।त्यस्तै मन्त्री पाण्डले संस्कृति र प्रकृतिको महत्वलाई एकीकृत ढंगले व्याख्या गरेर बुझाउन सके मुलुकको पर्यटन क्षेत्रको बिकास हुने बताउनुभयो । टानको साधारणसभाले नया नेतृत्व समेत चयन गर्नेछ ।




























