काठमाडौं । सचेत नेपाली पाटीबाट काठमाडौंको मेयरमा डिल्लीराम राजभण्डारी र उपमेयरमा संगिता आचार्य उठाउने निर्णय गरेको छ ।आसन्न बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि निकै चासोका साथ हेरिएको काठमाडौं महानगरको उम्मेद्धवारी टुंंगो लगाएको हो ।[caption id="attachment_1757" align="alignnone" width="300"] मेयर उम्मेद्धवार डिल्लीराम राजभण्डारी[/caption] राजभण्डारी काठमाडौं सस्कृंति पहिचान बुझेका र काठमाडौं महानगरलाई व्यवस्थित र विकास गर्नसक्ने योजना भएका इमान्दार नेता हुन् । राजभण्डारीले यसअघि विभिन्न ठाँउमा निशुल्क स्वास्थ शिविरहरु सञ्चालन गर्ने लगायतका विभिन्न समाजसेवा गरेका छन् । एक उद्यमी,समाजसेवी एंव स्वच्छ छवि निमार्ण गरेका राजभण्डारी सचेत नेपाली पार्टीका बाग्मती प्रदेश उपाध्यक्ष समेत हुन् ।[caption id="attachment_1756" align="alignnone" width="300"] उपमेयर उम्मेद्धवार संगिता आचार्य[/caption]यस्तै संगिता आचार्य सचेत नेपाली पार्टीकी युवा नेत्री हुन् । विभिन्न सामाजिक कार्यमा काम गरेको अनुभव उनीसंग छ । भ्रष्ट्रचारी पुराना दलको विरुद्धमा आफु खडा हुने संंगिता आचार्यको भनाई छ ।सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।