
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनमा नेपालको कुनै दोष र भूमिका नभएपनि यसको असर भोगिरहेको बताउनुभएको छ ।
सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा जलवायु परिवर्तनको असरलाई विश्वमाझ जानकारी गराउने गरि कोप २९ सहभागी हुने गरि तयारी भइरहेको जानकारी दिनुभयो ।कोप २८ को निष्कर्ष कार्यान्वयनको चरणमा रहेको अवस्थामा कोप २९ मा नेपालको प्रतिनिधित्व प्रभावकारीका साथै उपलव्धीपूर्ण बनाउन बिज्ञहरुसंग छलफल गरेको उहाले बताउनुभयो ।उहाले उक्त सम्मेलनमा आवश्यक संख्या र सम्बन्धीत व्यक्तिहरुलाई मात्रै सहभागी गराइने समेत बताउनुभयो ।बैठकमा समिति सदस्यहरुले नेपालमा जलवायु परिवर्तनले पुराइरहेको असर र यसका कारण नागरिकले भोग्नुपरेका समस्याहरु विश्वलाई अवगत गराउनु अपरिहार्य रहेको धारणा राखेका थिए ।



























