काठमाण्डौ – काठमाण्डौको असनका बासिन्दाले आज विजयादशमीको टीका थाप्दैछन् । हरेक वर्ष असोज शुक्ल एकादशीका दिन असनका स्थानियबासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्छन् ।देशका अरू सबैजसो ठाँउका हिजो नै देवी विसर्जन गरेर दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापिन्छ भने असनका बासिन्दाले आज टीका थाप्दैछन् । आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ ।असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने स्थानीय रोशन तुलाधरले बताउनुभयो ।