
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहित ९ जनालाई पक्राउ गर्न प्रहरीमा जाहेरी परेको छ ।सिन्धुली घर भइ हाल काठमाडौंको आलोकनगर बस्ने युवराज सफलले रास्वपाका उपसभापति अर्याल र अर्का उपसभापति वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।सहकारी ठगीसम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिको सिफारिसमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि उनीहरुले सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गरेको, सरकारले गरिरहेको अनुसन्धानमा भाँजो हालेर प्रभावित पार्न खोजेको, लामिछानेको पक्राउविरुद्ध आन्दोलनमा उपस्थित हुन उर्दी जारी गरेको, अनुसन्धानलाई निष्प्रभावी बनाउन खोजेको जाहेरवालाको दाबी छ ।उनका अनुसार उनीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोहसम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुर गरेका छन् ।उक्त कसुरदारलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार उनीहरुलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाहीको माग सफलले गरेका छन् ।हेर्नुहोस् जाहेरीको पूर्णपाठ :- 

































