कास्की । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी आजबाट मनोनयन दर्ता सुरु भएको छ । यस्तै सचेत नेपाली पार्टी पोखराले पनि मनोनयन दर्ता गरेको छ । सचेत नेपाली पार्टी पोखरा महानगरपालिको मेयरमा भोजराज खनाल र उपमेयरमा सोनी परियारले उम्मेद्धवारी दर्ता गरेको छन् ।मेयर पदका प्रत्यासी भोजराज खनाल भन्छन् ‘अहिले पोखरा नाम मात्रको महानगर हो । यहाँका नागरिकले पाएको सुविधाको आधारमा पोखरा गाउँपालिकाको स्तरको छ । मैले जितें भने म पोखरालाई एउटा व्यवस्थित शहर बनाउने छु जहाँ सुख र शान्तिका सुन्दर पल बिताउन नेपाल भित्रबाट नेपाली र विश्वबाट विदेशी आउने छन् ।उपमेयर पदका प्रत्यासी सोनी परियार भन्छिन् 'सचेत नेपाली पार्टीलाई पोखरेली जनताले एक पटक मौका दिनु भयो भने पोखरालाई विश्वको खुशी महानगर बनाउने गरी हामी काम गर्नेछौं ।’सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।