काठमाडौं । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी आजबाट मनोनयन दर्ता सुरु भएको छ । यस्तै सचेत नेपाली पार्टी काठमाडौं महानगरपालिकाले पनि मनोनयन दर्ता गरेको छ । सचेत नेपाली पार्टी काठमाडौं महानगरपालिको मेयरमा डिल्लीराम राजभण्डारी र उपमेयरमा संगिता आचार्यले उम्मेद्धवारी दर्ता गरेका छन् ।
मेयर पदका प्रत्यासी डिल्लीराम राजभण्डारी काठमाडौं सस्कृंति पहिचान बुझेका र काठमाडौं महानगरलाई व्यवस्थित र विकास गर्नसक्ने योजना भएका इमान्दार नेता हुन् । उपमेयर पदका प्रत्यासी संगिता एक निडर,ईमानदार नेताको रुपमा छवि बनाएकी नेत्री हुन् ।
सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।

