
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलापले राष्ट्रिय स्वाधिनताका प्रश्न संवेदनशील बन्दै गएको बताउनुभएको छ ।आइतबार मकवानपुर थाहाको बज्रबाराहीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी उद्दत रहेको आरोप समेत लगाउनुभयो ।राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्न अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको भन्दै प्रचण्डले यो गम्भीर चिन्ताको बिषय भएको उल्लेख गर्नुभयो ।त्यस्तै उहाले सरकारले आफु नेतृत्वको सरकारले गरेको राम्रा काममाथि आक्रमण र नराम्रा कामको रक्षा गर्ने तर्फ अघि बढेको हो की भन्ने आशंका समेत पैदा भएको धारणा राख्नुभयो । प्रचण्डले मन्त्री हुनका लागि सांसद हुनुपर्ने बाध्यात्मक अवस्था हटाउनका लागि निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताउनुभयो ।उहाले सरकार छाडेपछि माओवादी सहज अवस्थामा रहेको र जनतातर्फ फर्कने राम्रै अवसर प्राप्त भएको बताउनुभयो । आफु नेतृत्वको सरकारले गरेका काम र उपलव्धीहरु जनतालाई जानकारी गर्दै पार्टीलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्ने उहाको भनाइ छ ।




























