धनगढी । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी सचेत नेपाली पार्टीले देशभर आफ्ना उम्मेदवार उठाएको छ। सचेत नेपाली पार्टी धनगढी उपमहानगरपालिको मेयरमा भारती थापाले उम्मेद्धवारी दर्ता गरेको छन् ।
मेयर पदका प्रत्यासी भारती थापा भन्छिन् ‘सचेत नेपाली पार्टीलाई धनगढीका जनताले एक पटक मौका दिनु भयो भने धनगढीलाई विश्वको खुशी र समृद्ध महानगर बनाउने गरी हामी काम गर्नेछौं ।’भारती थापा एक निडर,सक्षम, ईमानदार नेताको रुपमा छवि बनाएकी नेत्री हुन् ।
सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।

