काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरूको पद सुरक्षित नरहेको बताएका छन् । खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यबस्थापन विभागको समन्वयमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (FEDWASUN) ले आयोजना गरेको खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी र सरसफाइ क्षेत्रलाई राजनीतिक नेतृत्वले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको हो । साथै, उनले राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्ने बताए । उनले आफू जति दिन पदमा बसिन्छ त्यो समयमा इमानदारी पूर्वक काम गर्ने बताए । उनले युवामाथि नागरिकको विश्वास रहेको बताए । साथै राजनीतिक व्यक्तिहरुले जनताको कुरा कार्यान्वयन गर्नकै लागि अगाडि बढ्नुपर्ने बताए ।त्यसैले हामी राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्छ । हामीले जनताको सपना बोकेर राजनीतिमा आउनुपर्छ, र आएका पनि छौं । जनताको कुरा कार्यान्वयन गराउनका निम्ती हामीले अगाडि बढ्नुपर्छ ।’नेपालले खानेपानी र सरसफाइ क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गरेको उहाँले जानकारी गराउनुभयो । करिब २०० स्थानीय तहले दीर्घकालीन खानेपानी तथा सरसफाइ योजना बनाइसकेको, १२० स्थानीय तहले खानेपानी तथा सरसफाइ सम्बन्धी ऐन पारित गरी वास युनिट स्थापना गरेको उहाँले जानकारी गराउनुभयो ।खानेपानी तथा ढल व्यवस्थापन विभागको डाटा अनुसार २७ प्रतिशत नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएको र करिब ७३ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइको पहुँच सुनिश्चित गर्न बाँकी रहेको पनि जानकारी गराउनुभयो ।यसैगरी उनले सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलन गर्न प्लान गर्नुपर्ने बताए । उनले हरेक दिन, हप्ता र महिनामा प्लान गरेर शिखर सम्मेलन गर्न सके मात्र सफल हुने बताए ।