नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको सिंहको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली र सम्मान अर्पण गर्नुभएको हो ।यसैगरी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ता लगाएतले पनि सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पणपछि कांग्रेस सभापति देउवाले पिएल सिंहले नेपालको प्रजातान्त्रीक आन्दोलनमा ठूलो योगदान गर्नुभएको स्मरण गर्नुभयो ।त्यस्तै पूर्वप्रधानमन्त्री माधव नेपालले लोकतान्त्रीक आन्दोलनमा सक्रिय भएर लागेको सिंहले मुलुकको परिवर्तनमा निकै महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।उहाँको ८७ वर्षको उमेरमा उपचारका क्रममा सोमबार निधन भएको हो ।