काठमाडौं । जनमत पार्टीले काठमाडौं लगाएत बिभिन्न जिल्लामा धोती दिवस मनाएको छ ।काठमाडौंको माइतिघर लगाएत बिभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका अध्यक्ष सिके राउत लगाएत माइतिघरमा सहभागी भएका थिए ।उनीहरुले धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, मधेशी एकता जिन्दावाद, धोती भनेर हेप्न पाइदैन, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगाएतका प्लेकार्ड देखाएका थिए ।सो क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सवै जातजातीको आफ्नै भेषभुषा रहेको र त्यसलाई सवैले आफ्नो सम्पती मान्नुपर्ने बताउनुभयो । अहिले पनि एकल भाषाभाषी लाद्ने कोशीस भइरहेकाले त्यसप्रति सजक गराउनका लागि पनि धोती दिवस मनाएको उहाले बताउनुभयो । ..जनमतले जनवरी १ तारिकका दिन हेरक बर्ष धोती दिवस मनाउदै आएको छ ।