काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुष २७ गते शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको जनाएको हो ।भेलामा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुने र आन्दोलनको अन्तिम खाका बनाइने महासंघले जनाएको छ । निर्माण उद्योगप्रतिको सरकारले उदासिनता देखाएको भन्दै त्यसका विरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको महासंघका सभापति रवि सिंहले बताउनुभयो ।खस्कँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्वपूर्ण क्षेत्र निर्माण भएपनि निमौण क्षेत्रले नै अत्यन्तै जटिल समस्याहरु र त्यसको प्रभाव भोगिरहनु परेको उहाले बताउनुभयो ।उहाले निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम तत्काल निकासा गर्नका लागि सरकारी निकायबाट प्रतिवद्धता आएपनि भुक्तानीको समस्या पूर्णरुपमा समाधान हुन नसकेको उल्लेख गर्नुभयो । बाइट......समयमा नै भुक्तानी नभएका कारण चालू आर्थिक बर्षमा थप निर्माण कार्य सहज रुपमा अघि बढ्न नसक्ने देखिएको महासंघले जनाएको छ । महासंघले निर्माण उद्योगका समस्या समाधानका लािग महासंघ समेतको प्रतिनिधित्व रहने गरि तत्काल उच्चस्तरीय आयोग गठन गर्न सरकारसंग माग गरेको छ ।