रोशन घर्ती मगर
काठमाडौं ।गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एंव गाउँपालिका उपाध्यक्ष पदका प्रत्यासी भक्त बहादुर जि.सी.संग निर्वाचनमा केन्द्रित रहेर हामीले कुराकानी गरेका छौं ।बंगलाचुली गाँउपालिका परिवर्तनको लागी केके योजना छन्? तपाईलाई किन भोट हाल्ने?पहिलो योजना हाम्रो चुनढुङ्गाको लागी वैकल्पिक बाटोको निमार्ण गर्छौ यो हामीले १ वर्षभित्रै नै गर्नसक्छौ विश्वास छ । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पालिकालाई लैजाने, गरिबी,विपन्न नागरिकको पहिचान गरेर उनीहरुको जीवनस्तर सुधारका लागी काम गर्ने योजना छ, विद्यालय र बस्ती टाढा भएका कारण हामीले स्कुल बसको परिकल्पना गरेका छौ । सडक स्तरउन्नती गर्ने लक्ष्य लिएका छौ । बंगलाचुली गाउँपालिकालाई चाँही हामीले माओवादी,कांग्रेसको सरकारभन्दा पनि हामी सबैको सरकार भनेर शुसासन दिने लक्ष्य बनाएका छौ ।तपाई त उपमेयरको प्रत्यासी हुनुहुन्छ, गाउँघरतिर नागरिकहरु अशिक्षाको कारण संविधानले ग्यारेन्टी गरेको मौलिक हक समेत जानकारी छैन् यसमा चाँही कसरी काम गर्नुहुन्छ ?स्थानिय शासन सञ्चालन नियन्त्रितको अधिकारलाई प्रयोग गरेर मौलिक हकका कुराहरु शासकिय प्रबन्धका कुराहरु आम नागरिकलाई बुझाउने प्रयत्न गर्नेछौ । स्थानिय शासन सञ्चालनभित्र रहेर हामीले काम गर्नेछौ ।पार्टी भनेको एउटा संगठन हो, कति विद्यार्थी विद्यालयको शिक्षाबाट बन्चित छन् वा वालविवाह पनि निकै देखिन्छ? तपाईको संगठनले डाटा निकालेको होला कसरी काम गर्नुहुन्छ?सबै कुरा विपन्नतासंग सम्बन्धित छ त्यसकारण हामी विपन्नताको पहिचान गर्छौ र त्यसपछि तपाईले गरेका सम्पुर्ण कुरा समेटिन्छन् । त्यसपछि सामाजिक विभेदको जुन बन्धिकरण छ त्यसलाई छुट्याईसक्यो भने कुन कार्यक्रम चलाउँदा प्रभावकारी हुन्छ जस्तै छात्रावृत्तिको हकमा गर्ने । सहती कुरा गरेर मात्र हुदैंन हामी स्नातकसम्मको शिक्षा प्रदान गर्न सक्छौ भन्ने परिकल्पना गरेका छौ ।कृषि पनि निकै सम्भावना देखिन्छ त्यसको उत्पादन बढाउन तपाईको योजना केहो?पहिलो कुरा त हामीले कृषि भूमिहरुको पहिचान गर्छौ, त्यसपछि सिचांईको सम्भव्यताबारे अध्ययन गर्छौ, त्यसपछि माटो परिक्षणको व्यवस्था गर्छौ, त्यसपछि वर्षभरी नै कृषि गर्ने कृषक र सिजनको बेलामा मात्र कृषि गर्ने कृषकलाई छुट्याउँछौ । बंगलाचुली एउटा उर्भर भुमी हो कृषिविज्ञहरुको परामर्शमा अनुदान दिएर समेत हामीले यसलाई प्रभावकारी ढङ्गले काम गर्नसक्छौ भन्ने विश्वास छ ।गठबन्धनमा बसेर चाँही काम गर्ने योजना छ ?
खास हामी गठबन्धनमा बसेर साझा अवधारणा बनाउँछौ, कसैले दोष नबोक्ने गरी पार्टीभित्र पनि व्यापक छलफल गरेर उहाँहरुको धारणा केके आँउछ भनी छलफल गरेर जानेछौ । हुनैनसक्ने योजनामा हामी प्रवेश नै गर्न चाहनौं । खासमा बंगलाचुलीको व्यापक समस्या भनेको बेरोजगारी हो त्यसलाई नियन्त्रण गर्ने विशेष योजना छ ।पर्टकिय क्षेत्रको सम्भावना बोकेको बंगलाचुलीलाई पर्टकिय क्षेत्रको रुपमा विकास कसरी गर्ने ?चुनढुङ्गाको लागी तुरुन्तै वैकल्पिक बाटोको सिर्जना गनुर्पछ पहिलो कुरा त दोस्रो कुरा संरचना मात्रै होईन कि त्यहाँ जाउजाउ लाग्ने बातावरण सिर्जना गर्ने, सुरक्षाको ग्यारेन्टी गर्न सक्छौ । नीति योजना नै बनाएर पर्यटकलाई बंगलाचुली जाउजाउ लाग्ने बातावरण सिर्जना गर्न सक्छौ ।नागरिकलाई स्वास्थ्यको ग्यारेन्टी कसरी गर्नुहुन्छ?
प्राथमिकता स्वास्थ्य केन्द्र र बंगलाचुली गाउँपालिका अस्पताललाई एमबिबिएस डाक्टर सहितको विशेष सेवा सुविधा दिन्छौ । अनि हामीकहाँ सरकारी अस्पतालमा औषधी अभाव देखिएको छ त्यसकारण पालिकाभित्र २ ठाँउ फार्मेसीको समेत व्यवस्था गर्ने र त्यसको व्यवस्थापन गर्ने हाम्रो योजना छ । बाँकी स्वास्थ्य केन्द्रहरुमा सामुदायिक औषधी कार्यक्रम छ त्यसमार्फत हामीले नागरिकलाई सहज रुपमा औषधी उपलब्ध गराउँछौ ।नागरिकलाई के भन्नुहुन्छ ?
भ्रष्ट्रचार मुक्त हाम्रो समाज निमार्णका लागी प्रतिबद्ध भएर हामी लाग्छौ । हरेक कार्यक्रममा भएको प्रगति प्रतिवेदन लागत प्रतिवेदन मासिक रुपमा सार्वजनिक गर्छौ जसले गर्दा भ्रष्ट्रचार नियन्त्रण गर्न सकिन्छ । त्यसको लागी नेतृत्व तह जिम्मेवार र जवाफदेही भएर काम गर्न आवश्यक छ हामी यो कुरामा प्रतिबद्ध छौ ।