
काठमाडौं । आज काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन समूहका प्रदर्शन हुने भएका छन्।भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्न लागेको हो । राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्नुका साथै बैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।सो प्रदर्शनलाई सफल बनाउने पूर्व तयारीका लागि हिजो केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको थियो। बैठकले प्रदर्शन र आमसभालाई सभ्य बनाउने निर्णय गरेको थियो।दुर्गा प्रसाईं नेतृत्वमा गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशाषित बनाउन विशेष जोड दिइने बताइएको छ।यस्तै सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने भएका छन्। सभास्थल वरपर दुई हजार संख्यामा प्रहरी खटाइने छ भने सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ।यी हुन् डाइभर्सन गरिने स्थानहरूखसिबजार – मकालु – कलङ्की चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू :टियू गेट देखी चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला – बाफल सडक खण्डमा एक लाइननेपाल शिक्षक महासंघले माइतीघर मण्डलादेखि बानेश्वर-माइतीघर सडक खण्डको बीचमा र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा आवश्यकता अनुसार डाइभर्सन मिलाएको प्रहरीको भनाइ छ। आन्दोलन स्थलको सडक प्रयोग गर्दा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।



























