
काठमाडौं। नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ ।आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमालेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्नेछन् । ।एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ ।‘जनताले जितेको दिन’ नारा सहित एमालेले युवाहरुलाई काठमाडौं बोलाएको छ । सभा दिउँसो १ बजेबाट सुरू हुनेछ ।पछिल्लो समय पार्टी कमिटीमा क्लस्टर नै छुट्टयाएर युवा सहभागिता बढाउँदै आएको एमालेले बिहीबार एक लाख युवा भृकुटीमण्डप उतार्ने दाबी गरेको छ।युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनकोरूपमा बैशाख ११ गते भृकुटीमण्डमा ‘युथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिनेछन्।सांस्कृतिक प्रदर्शन, बक्ताहरुको भनाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन मार्फत् लोकतन्त्रबारे विमर्श हुनेछ । एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ ।आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमालेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्नेछन् ।




























