
विराटनगर । कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ ।पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।संघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् ।पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ । लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।सम्मेलनलाई प्रभावकारी बनाउन कानुनी सुधार सम्मेलन सफल बनाउन कोशी प्रदेश सरकारले हालै ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ ।



























