काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आव्हान समेत गरेकी छन ।
सरकारले पटक पटक पेटोलियम पदार्थको मूल्यवृद्धि गरी जनताका ढाड सेक्ने कार्य गरिरहेको प्रति आक्रोस जनाउँदै अध्यक्ष बरालले सरकारविरुद्ध आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएकी छन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै अतिआवश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिने निश्चित रहेको बताउदै उनले अब गरीब जनताको चुलो बल्ने अवस्था नरहेको बताएकी छन ।
अध्यक्ष बरालद्वारा जारी विज्ञप्ति: