जुन चीज हामी बनाउँछौं त्यो हाम्रो हो । हरेक राम्रो वस्तुलाई प्रकृतिले सिंगमरमर जसरी ताला लगाएर राखेको हुन्छ । केवल परिश्रमले मात्र त्यो ताला खोल्न सक्छ ।
ठूलोपनाको समस्त विशेषता परिश्रमले आउँछ । सभ्यता यसैको देन हो । – स्माइल्स
शाश्वत सत्तालाई ल्याउनको लागि कति वर्ष चाहिन्छ यसको गणना परिश्रमी मानिसले गर्दैनन् ।
– प्रेसिडेंट इलियट
काम जति नै बिस्तारै गर कसैको भलाइको लागि गर ! पूmल जस्तो स्तरको भए पनि पूmल फुलाउने सामर्थ गर ! मेहनत जस्तो भए पनि सधैं शुभ र पवित्र हुन्छ । तिम्रो ठूलो ठूलो काम नै ईश्वरको दरबारमा तिम्रो प्रार्थना हुनेछ ।
– श्रीमती ओसगुड
संसारमा घर बनाउने अपरिमित साधनहरु छन् । यति छन् कि मानिसले एउटा घर सजिलै प्राप्त गर्न सक्छ तर आप्mनो अकर्मण्यताको कारण परिस्थितिसँग सम्झौता गर्नाले मानिससँग एउटा घर पनि हुँदैन । कर्मको विचारधारा, निरन्तर कर्मको प्रेरणा, निरन्तरता तथा पुनः प्रयत्न गरेर कुनै पनि पदार्थ प्राप्त गर्न असम्भव हँुदैन । जुन काम एउटा मानिसले गर्न सक्छ त्यो काम अरु मानिसले पनि गर्न सक्छन् । हामी आप्mनो मनलाई दबाएर राख्यौं, आत्मविश्वासलाई दुर्बल राख्यौं, आकांक्षालाई सानो र तुच्छ ठान्यांै भने हामीले आपूmलाई अपार धनसम्पदाबाट अलग्याउनेछौं र अझ पर पु¥याउनेछौं । अपार धनसम्पदाको नियम त्यस्तै प्रकारले निर्दिष्ट छ जसरी गणितको नियम हुन्छ । यदि हामी अपार धन सम्पत्तिको नियमको पालना गर्छौं भने तब त्यो विशाल श्रोत हामीतिर प्रवाहित हुन थाल्छ ।
जसको मनको एउटा कुनामा सन्देह चिन्ता र भय लुकेको हुन्छ उनीहरुले सफलता प्राप्त गर्न असंभव हुन्छ । उनीहरु आप्mनो सम्पन्नताको ढोका नै बन्द गर्न पुग्छन् । दबिएको, दीन–हीन, भयभीत, शंकालु र निराशावादी मनले कहिल्यै पनि अपार धनसम्पदा प्राप्त गर्न सक्दैन । उसले कुनै पनि महान् कुरा प्राप्त गर्न सक्दैन । हुन्छ र हँुदैनमा एउटा बाटो रोज्नुस् । अनि फैसला गर्नुस् कि हुँदैनको बाटोलाई कहिल्यै स्वीकार गर्दिन भनेर । त्यसपछि तपार्इंको अगाडि पूर्तिका सबै ढोका खुल्दै जानेछन् । जुन मन डराउँछ, शंका गर्छ, त्यसले आप्mनो शक्तिलाई क्षीण गर्छ, त्यो रचनात्मक हुनै सक्दैन, त्यसले धन र समृद्धिको विरोध गर्छ, धन र समृद्धिलाई टाढै राख्छ अनि त्यसैले धनसम्पत्ति कसरी आपूmतिर आकर्षित गर्न सक्छ ?
यसमा कुनै शंका छैन कि मानिस अवसर, धनसम्पत्ति र अपार भौतिक सुविधालाई आपूmबाट टाढा राख्न चाहँदैन । तर जबसम्म मानिसले म सम्पत्ति कमाउन नसक्ने पो हुँ कि, म सधैं गरीब नै रहने पो हुँ कि भनेर आप्mनो मनलाई सन्देहले भरेर राख्छ तबसम्म उसले अवसरको लाभ उठाउन सक्दैन । धन–सम्पत्ति पाउनको लागि सही प्रयत्न गर्नुपर्छ । अपार सुख सुविधा पाउने सपना देख्नुपर्छ । मानिसलाई जब आपूmमाथि भरोसा हुन्छ, उसको मनमा दृढ आत्मविश्वासको भावना उत्पन्न हुन्छ तब उसले अथक प्रयत्न गर्छ र परिणाम यो हुन्छ कि ऊ अपार धन–सम्पदाको मालिक हुन पुग्छ । शंका र डरले नै मानिसलाई कंगाल बनाएर राख्छ ।
यदि मनलाई धन सम्पदाबाट टाढा राखिएको छ, मैले अपार धनी बन्नु छ भन्ने मनमा विचार नै छैन भने तब मन जति नै शक्तिशाली र सामथ्र्यवान भए पनि उसले कहिल्यै धन–सम्पत्ति प्राप्त गर्न सक्दैन । यदि कसैलाई धनी बन्नु छ भने म जसरी पनि धनी बन्छु भन्ने विचार उसको मनमा दरिलो गरेर रहनुपर्छ । तपाईंंलाई धनी बन्नु छ भने पहिलो शर्त यो हुन्छ कि तपाईंं सोच्नुहोस्, हरबखत सोच्नुस् कि मैले जसरी पनि धनी हुनु छ ।
हामी आफैंले जीवनलाई कुल्चेका छौं । हामीले विश्वको सबैभन्दा महान् शक्तिसँग आप्mनो सम्बन्ध तोडेर आफैंलाई तुच्छ बनाएका छांै । त्यसैले अक्षय स्रोतसँग हाम्रो सम्बन्ध विच्छेद भएको हो । जब मानिसको मनमा आत्मविश्वासको यस्तो भावना जागृत हुन्छ, “म त्यो विराट एवं दिव्य–शक्तिको एउटा अहं हिस्सा हँु” तब उसको सबै स्थिति बदलिन्छ । हाम्रो सबै सीमितता आप्mनै विचारको कारणले गर्दा हुन्छ । हामी थोरै माग्छौं, त्यसैले हामीले थोरै मात्र पाउँछौं । हामी थोरैको लागि कोसिस गरिरहेका हुन्छौं भने धेरै कसरी प्राप्त गर्न सक्छांै ? जब हामी हाम्रा पूर्खाबाट प्राप्त गरेको भण्डारबाट धेरै झिक्न डराउँछांैै जब हामी आप्mनो अधिकार आफैं त्याग्छांै तब हामी धेरै धन कसरी प्राप्त गर्न सक्छौं ? बाधक विचार नै हाम्रो प्रगतिमा बाधक बनिरहेको हुन्छ । हाम्रो विचार नै हाम्रो प्रगतिको रोकावट हो । हाम्रो मानसिक संकीर्णताले नै हाम्रो पूर्ण विकास हुन दिंदैन । हाम्रो अज्ञानताले नै शक्तिको अथाह श्रोतसँग हामीलाई अलग गरिदिन्छ । यसै कारणले कुबेरको अक्षय भण्डार, विपुलताको त्यो विशाल स्रोत, हीराको भण्डार हाम्रोलागि कथा हुनेछ । हामी चिन्ताग्रस्त र विवश नै भइरहनेछांै ।
उठ, शंका, भय र चिन्तालाई मनबाट झिकेर प्mयाँक । मनबाट यस्तो विचार निकालिदेऊ कि धनी र सम्पन्न बन्नु उत्तम अवसर प्राप्त गर्नेहरुको लागि मात्र हो । जसको धेरै योग्यता छ र जसको ठूलो भाग्य छ, उसले मात्र सम्पत्ति कमाउन सक्छ, यो विचार मिथ्या छ र दोषपूर्ण छ ।
जुन मानिस आप्mनो विचार र कर्मलाई विपुल साधनामा लगाउँछ, असीमित प्रयत्न र कोसिस गर्छ, उसले असीमित धन–सम्पत्ति प्राप्त गर्नसक्छ । जाँतोमा जति गहँु हालिन्छ त्यति नै पिठो निस्किन्छ । यदि तपाईंंले आत्मविश्वासका साथ आप्mनो विचार, कोसिस र प्रयत्नलाई अपार धन प्राप्तिमा लगाउनु भयो भने विश्वास राख्नुस् तपाईंंले छिटै नै सफलता प्राप्त गर्नु हुनेछ ।
साधारण बन्न अस्वीकार गर्नु, मामूली बन्दै नबन्नु, मध्यम बन्ने कुरामा विरोध गर्नु । यसको सबैभन्दा ठूलो उपाय यो हो कि आप्mनो सानोभन्दा सानो कामलाई यति खुबीले गर्नुस् त्यो गौरवपूर्ण र महान् कार्य बनोस् ।
म एउटी महिलालाई चिन्छु जो आप्mनो वरिपरिको सबै वातावरणको बारेमा ज्ञान राख्छिन्, उनी त्यसको बारेमा तर्कपूर्ण अध्ययन गरिरहेकी हुन्छिन् । उनको जीवनप्रतिको दृष्टिकोण धेरै राम्रो छ । उनी जे विषयको बारेमा पनि गौरवपूर्ण जानकारी राख्छिन् । उनीसँग कुरा गर्न यति आनन्द आउँछ कि कुरा गर्ने मानिस नै आफैंलाई गौरवान्वित सम्झन थाल्नेछ । ती महिलाको आकार–प्रकार, भेश–भुषा, व्यवहार, कुराकानी या घरबारमा केही पनि साधारण छैन । उनका प्रत्येक वस्तु असाधारण प्रतीत हुन्छन् । मामुली वस्तुलाई उनी यसरी सजाउँछिन् कि प्रत्येक काम कलाको एउटा नमुना बन्छ । त्यसैले उनको प्रत्येक काम महान् र गौरवपूर्ण बन्छ । कुनै चिन्ता र पीर नगरी उनको आवश्यकताको सामान उनको घरमा पुग्छ, किनकि उनी सबैसँग प्रेम गर्छिन् र सबै मानिस उनीसँग । उनी कसैसँग द्वेषको भावना राख्दिनन् र उनको स्वभाव पनि यति मधुर र कोमल छ, जस्तो बिहानको घाम ! ती महिलाको जीवनमा कुनै कमी छैन । कुनै अभाव छैन, कसैले दिक्क पार्दैन, डर कसैको छैन, चिन्ता छैन र कुनै शंका पनि छैन । ती महिला धनी छिन्, अपार धन सम्पदाको मालिक्नी छिन् । धन र इज्जत उनीसँग असीमित आउँछ । उनको कुरा सुनेर मानिसमा समृद्धिको भावना जागृत हुन्छ ।
कुनै मानिस यस्ता पनि हुन्छ चाहे जति नै धनी किन नहुन्, कहिल्यै विशाल धन र समृद्धिको अनुकूल हृदयता प्रकट गर्दैनन् । उनीहरुको मन राम्रो हुँदैन । उनीहरु लोभी र अँध्यारो भएर बस्छन्, किनकि उनीहरुको बानी भोको मानिसको जस्तो, भीख माग्नेको जस्तो संकुचित र संकीर्ण हुन्छ । लालच तथा स्वार्थी भावनाले उनीहरुको हृदयको सम्पूर्ण रसलाई सुकाइदिएको हुन्छ । उनीहरु बाँझो पृथ्वी जस्तै हुन्छन् जहाँ अन्न फल्न सक्दैन ।
हामीले आप्mनो मनमा धेरै धन कमाउने विचार ल्याउनुपर्छ या धन प्राप्त गर्न सक्छु भनेर निश्चय गर्नुपर्छ । यसपछि मात्र हामी जीवनमा धन प्राप्त गर्न सक्छौं । जब हामी आप्mनो विचारलाई कार्यान्वित गर्छौं तब फल प्राप्त गर्छौं । यदि हामीले विचारको बीउ रोपेनौं भने धनको फल नै कहाँ लाग्छ र ? यदि हामी गरिबीको विचारले आप्mनो मन ग्रस्त राख्छौं, यदि हामी कमी र अभावको भावनाले घेरिएर रहन्छौं तब हामी विशाल धनसम्पदालाई कसरी हासिल गर्न सक्छौं ? यदि हामीलाई विशाल धनसम्पदाको बाटोमा हिंड्नु छ भने हामीले त्यसको बारेमा विचार गर्नु पर्ने हुन्छ, हामीले त्यो बाटोमा हिंड्न थाल्नु पर्ने हुन्छ ।
यो सत्यलाई हामी कहिले बुझ्न सक्छौं कि हामीलाई जे कुराको आवश्यकता छ त्यो बाहिर नखोजौं ? सबै प्रकारको अन्त्यहीन पूर्तिको अपार र अथाह सम्पदा हामीभित्र नै हाम्रो अन्तस्करणमा छ हामीलाई कहिले ज्ञान प्राप्त हुने हो त्यसको ? जब हामीलाई यो ज्ञान हुन्छ तब हामीमा कुनै कमी हुनेछैन तब हामीलाई कुनै अभावले सताउनेछैन ।
त्यो दिव्य स्रोत जसले हाम्रो प्यास बुझाउनेछ, हाम्रै अन्तष्करणमा नै छ । हाम्रो काम यति नै हो कि त्यो अथाह स्रोत जसको कुनै अन्त्य छैन त्यसलाई जोडिदिऊँ । हामी त्यो स्रोतसँग टाढा रहेर आप्mनो अभावको पूर्ति गर्न चाहन्छांै तर यो काम कसरी हुनसक्छ ?
जुन मानिसको मनमा शंका हँुदैन संशय हुँदैन, भ्रम हुँदैन, जसको विश्वास पक्का छ, ढलमलाएको छैन, जसलाई आप्mनो प्रयत्नमा पूर्णविश्वास हुन्छ । ऊ आप्mनो कामलाई क्रियान्वित नगरीकन रहनै सक्दैन ।
भन्नुको मतलब हो, हामी जीवनमा जुन कुरामाथि मनलाई एकाग्र गर्छौं त्यसैलाई प्राप्त गर्दछौं । हामी जुन काम गर्छौं हाम्रो स्थिति, दशा, परिस्थिति, हालत र भाग्य त्यहीअनुसार निर्माण हुन्छ । हामी जीवनको सबै शक्तिलाई जुन लक्ष्यको लागि केन्द्रित गर्छौं त्यही लक्ष्यलाई प्राप्त गर्नको लागि हामी निरन्तर लागिरहेका हुन्छौं । यदि हामी आप्mनो मनलाई निर्धनतामा केन्द्रित गर्छाैं भने, यदि हामी आप्mनो विचारलाई आप्mनो अयोग्यतामा नै कायम राख्छौं भने हामी धनसम्पदाको प्रवाहलाई आपूmसम्म आइपुग्न बाट नै रोकिदिन्छौं । यसको उल्टो हामी आप्mनो विचारलाई अपार धनसम्पदामा केन्द्रित गर्छौं भने हामीले त्यसैलाई प्राप्त गर्नेछौं । हाम्रो यो विश्वास छ कि संसारका सबै सुख सुविधा हाम्रोलागि बनेका हुन्, तिनीहरुलाई प्राप्त गर्नु हाम्रो जन्मसिद्ध अधिकार हो । त्यो प्राप्त गर्ने हामीलाई पूरा हक छ । हामी स्वस्थ भएर प्रसन्नतापूर्वक धन प्राप्त गर्नको लागि आपूm पूरा योग्य व्यक्ति छु भन्ने विचार मनमा ल्याउँछौं भने हामी त्यसलाई प्राप्त गरेरै छोड्छौं । यो कुरा साँचो मान्नुस् संसारको कुनै शक्ति तपाईंंको बाटोमा बाधक बन्ने छैन । बाधाहरु आउनेछन् तर तपाईंंको कोसिस बलवान देखेर बाधाहरु हट्नेछन् । पहाड जस्तो अड्चनले पनि तपाईंंको बाटो छोड्दिनेछ । तब हाम्रो उपलब्धि हाम्रो विचारभन्दा पनि बढी हुनेछ जस्तो कि एउटा घर आप्mनो मोडलको कारणले महान्, विशाल र सुन्दर हुन्छ । हाम्रो मानसिक स्थिति, हाम्रो एकाग्रता र हाम्रो कार्य शक्तिको अनन्त निर्णय गर्ने शक्तिले हाम्रो भाग्यको निर्णय गर्नेछ ।
यस्ता मानिस पनि छन् जो जीवनभर खुसी हुने कामना गर्छन् तर यसको विपरीत आप्mनो मनलाई एकाकीपनातिर केन्द्रित गर्दै गइरहेका छन् । उनीहरु सोच्छन् कि यो संसारमा उनीहरुको कोही साथी छैनन् । उनीहरु दुर्भाग्यको चिन्ताले नै व्याकुल भइरहेका हुन्छन् । तपाईंं यस्तो मनोविकृतिमा परिवर्तन नल्याइकन आप्mनो जीवनस्तर बदल्न सक्नुहुन्न । मनोवृतिमा परिवर्तन नगरी तपाईं आप्mनो वरिपरिको वातावरणमा परिवर्तन ल्याउन सक्नुहुन्न र यो बिना तपाईं आप्mनो आर्थिक स्थिति बदल्न सक्नुहुन्न ।
मनलाई माथि उठाउनु । त्यसलाई उदार विशाल र विचार सम्पन्न बनाउनु । त्यसको रचनात्मक शक्तिलाई जगाएर काममा प्रवृत गर्नु । उदार, दानी, सात्विक, प्रसन्नचित्त र उदात्त व्यक्तिलाई नै लक्ष्मीले स्वीकार गर्छिन् । उनले चिन्तित, फोहोरी, अनुदार मानिसको साथ छोडिदिन्छिन् । यदि यस्ता मानिससँग रह्यो भने उसलाई पनि सुख हुँदैन ।
अपार धनसम्पदा यदि तपाईंसँग छ भने तपार्इंको दरिद्रता रहने छैन, नराम्रो रहने छैन किनकि भोको मानिसले जस्तोसुकै पाप पनि गर्न सक्छ ! जब तपाईंको लागि सम्पूर्ण संसार आप्mनै हुन्छ तब तपाईं जहाँ पनि स्वतन्त्र रुपले जान सक्नुहुन्छ । यदि सबै मानिस दीन–हीन, दरिद्र, अभावग्रस्त र दुःखी भएका भए ईश्वरको सृष्टि रचनाको योजना नै व्यर्थ हुने थियो । दीनता, हीनता, दरिद्रता र अभावलाई हटाउनुस्, दुःखको कारणलाई पनि टाढा भगाउनुस् तब तपाईं आप्mनो भलो मात्र नगर्नुस् अरुको सहायता गर्ने उदारता एवं सामथ्र्य आफैंमा आउनेछ ।




