काठमाडौं- मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता भरतप्रसाद साहले आफूले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएका छन् । उनले जनयुद्धकै कारण देशमा राजतन्त्रको अन्त्य भएको सुनाए । उनले जनयुद्ध नभएको भए देशको एकात्मक शासन प्रणाली कायमै रहनेथियो भन्ने टिप्पणी गरे ।उनले जनयुद्ध प्रचण्डकै नेतृत्वमा सम्पन्न भएको सुनाउँदै उनले प्रचण्डलाई नायकको संज्ञा दिए । प्रचण्डकै कारण मुलुकमा ठूलो परिवर्तन आएको उनको भनाई छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र र संघीयताप्रति कुनै मतलब नभएको भन्दै प्रतिगमनको मतियारको संज्ञा दिए ।