तेहरान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान शिखर वार्ताका लागि आज तेहरान पुगेका छन् ।
यसलाई महत्वपूर्ण भ्रमणका रुपमा लिइएको छ । तेहरानमा उनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग सिरिया शान्ति शिखर सम्मेलनमा भाग लिनेछन् । युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, जसले रुस र इरानबीच बढ्दो कूटनीतिक सम्बन्धलाई झल्काउँछ ।इरान र रुस दुवैले पश्चिमी प्रतिबन्धको सामना गरिरहेका छन् । बेलायतमा रहेका इरानी पत्रकार मेहदी अली याजदानीका अनुसार पुटिनको भ्रमणको एउटा महत्वपूर्ण एजेण्डा इरानबाट सशस्त्र ड्रोन खरिद गर्नु पनि हो ।सायद यही कारणले सोमबार अमेरिकाले तेहरानले रुसलाई सयौं ड्रोन पठाउने तयारी गरिरहेको दाबी गरेको थियो ।