काठमाडौं - भारतको १५ औं राष्ट्रपतिको टुंगो आज लाग्दैछ । १८ जुलाईमा भएको राष्ट्रपति पदको निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु भएको छ ।भारतका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल यही जुलाई २४ तारिखमा सकिंदै छ । नयाँ राष्ट्रपति पदको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट द्रौपदी मुर्मु र विपक्षी दलको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन् ।राज्यसभाका २३३, लोकसभाका ५४३ र विधानसभाका ४ हजार ३३ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचन जित्न कूल मतभारको ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ ।