
काठमाडौं - काभ्रे–२ बाट उम्मेद्वारी गंगालाल श्रेष्ठले प्रतिनिधि सभाका लागि उम्मेद्वारी घोषणा गरेका छन् । काभ्रे–२ बाट उम्मेद्धवारी घोषणा गरेका गंगालाल श्रेष्ठले नेपाल सबै हिसाबले सम्पन्न रहेको भएपनि अहिलेसम्म विकास नहुनु दुःखद् भएको टिप्पणी गरे । उनले अहिले देश संकटको भूमरीमा रहेको सुनाए । उनले देशलाई विदेशीको दासत्वबाट मुक्त गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको सुनाए ।कार्यक्रममा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, सचेत नेपाली पार्टीका अध्यक्ष तथा स्वतन्त्र राजनीतिक शक्ति नेपालका निर्वाचन परिचालन समितिका संयोजक पुण्यप्रसाद प्रसाई र नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीको उपस्थिती थियो ।




























