
नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ ।उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको बताइएको छ ।खरेलले काठमाडाैं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घाेषणा गरिसकेका छन् । लामिछानले पनि काठमाडाैंबाटै चुनाव लड्ने संकेत गरेका छन् ।तर उनकाे चुनाव क्षेत्र टुंगाे लागिसकेकाे छैन ।



























